सिन्धुपाल्चोकको गन्जला चुली आरोहण गर्ने २७ जना महिलालाई विदाई (भिडिओ) – Nepal Press

सिन्धुपाल्चोकको गन्जला चुली आरोहण गर्ने २७ जना महिलालाई विदाई (भिडिओ)

काठमाडौं । २७ जना महिलाको समूहले सिन्धुपाल्चोकको थाङपालमा रहेको गन्जला–चुलीको आरोहण गर्ने भएका छन् ।

५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला–चुली (कांगा) को आरोहण गर्न सो महिलाको समूह यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेका हुन् ।

विश्व समावेशी साहसी संस्थामार्फत गन्जला–चुलीको आरोहण गर्न लागेका टोलीलाई शुक्रबार काठमाडौंमा विदाई गरिएको थियो ।

काठमाडौं नजिक रहेको उक्त गन्जला–चुलीलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि बिभिन्न गतिविधि गर्दै आएको संस्थाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *