ब्रिटिश गोरखा सैनिकमा देखिएको समस्याको विषयमा बेलायतका राजदूतसँग राखे लिङ्देनले चासो – Nepal Press

ब्रिटिश गोरखा सैनिकमा देखिएको समस्याको विषयमा बेलायतका राजदूतसँग राखे लिङ्देनले चासो

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर राजदूत फेनले अध्यक्ष लिङ्देनसँग भेट गरेका हुन्।

भेटमा नेपाल- बेलायत सम्बन्ध, राप्रपा, राप्रपाका एजेण्डा लगायत विविध समसामयिक परिस्थितिका बारेमा विमर्श भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

राजदुतसँगको भेटका क्रममा अध्यक्ष लिङ्देनले ब्रिटिश गोरखा सैनिकको पेन्सन लगायतका सुविधाका सम्बन्धमा देखिएका समस्या र त्यसको समाधानका विषयमा जिज्ञासा राखे।

प्रत्युत्तरमा राजदूत फेनले गोर्खा सैनिकको समस्या समाधान गर्न ब्रिटिश सरकार गम्भीर र सकारात्मक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर