कलंकी-धोबीखोला सडकखण्ड विस्तारमा दबाब दिन प्रदीप पौडेलले दबाब यात्रा गर्ने – Nepal Press

कलंकी-धोबीखोला सडकखण्ड विस्तारमा दबाब दिन प्रदीप पौडेलले दबाब यात्रा गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। भोलि बिहान सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागसहित सामूहिक दबाब यात्रा गर्न लागेका हुन्।

उनको यात्रा भोलि बिहान ७ बजेदेखि कलंकीबाट सुरु हुनेछ। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ-बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर