शिव परियारको स्वरमा र सीता अर्यालको शब्दमा ‘हेर्न मन लाग्दै रैछ’ सार्वजनिक – Nepal Press

शिव परियारको स्वरमा र सीता अर्यालको शब्दमा ‘हेर्न मन लाग्दै रैछ’ सार्वजनिक

काठमाडौं । गायक शिव परियारले स्वर दिएको तथा गीतकार सीता अर्यालले शब्द दिएको गीत ‘हेर्न मन लाग्दो रैछ’ सार्वजनिक भएको छ ।

आज ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा सुनिल मास्केले संगीत भरेका छन् भने सुमन अधिकारी तथा युनिस अर्यालले अभियन गरेका छन् ।

सुमन अधिकारीको निर्देशन र सम्यक अधिकारीको सह–निर्देशनमा गीतको म्युजिक भिडियो तयार पारिएको छ ।

भिडियोमा सुमन अधिकारी र युनिस अर्यालले अभिनय गरेका छन् ।

नवराज उप्रेतीले खिचेको गीतको भिडियो शौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर