सिएनएन सर्वेक्षण भन्छ- बाइडेन भन्दा ट्रम्पको डिबेट प्रस्तुति धेरै लोकप्रिय – Nepal Press

सिएनएन सर्वेक्षण भन्छ- बाइडेन भन्दा ट्रम्पको डिबेट प्रस्तुति धेरै लोकप्रिय

काठमाडौं । सिएनएनले आज भएको अमेरिकी राष्ट्रपतीय डिबेटमा ट्रम्पको प्रस्तुति बाइडेन भन्दा बलियो र लोकप्रिय भएको बताएको छ । यो सिएनएनले गरेको एक सर्वेक्षणको रिपोर्टको आँकडा हो ।

रुसी विश्व च्यानल आरटीका अनुसार डिबेट हेरेका ६७ प्रतिशत मतदाताहरूले बाइडेन भन्दा ट्रम्प बलियो भएको मानेका छन् ।

८१ वर्षमा बाइडेन भन्दा ७८ वर्षका ट्रम्पलाई धेरैले मन पराएको देखिएको छ । उसो त अमेरिकी तथा अरू विश्व मिडियाहरूको कमेन्टमा पनि ट्रम्पकै पक्षमा राम्रो माहौल देखिएको थियो ।

अमेरिकी इतिहासमै सबैभन्दा पाका उम्मेदवारहरूले राष्ट्रपतीय चुनावका लागि डिबेट गरेको यो पहिलो घटना भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर