माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा – Nepal Press

माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो अरूसँग एकता गरेर नमिसिने बताएका छन् ।

जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले निर्माण गरेको पार्टीलाई मर्न नदिने बताए।

उनले भने, ‘यो पार्टीलाई हामीले निर्माण गरेका हौँ। यसलाई मर्न दिन हुँदैन, यो कतै मिसिँदैन । यसको अस्तित्व समाप्त हुन सक्दैन । आजको नेपालीको समाजमा समाजवादको धरोहर बोकेर हिँड्ने नेकपा एकीकृत समाजवादी जन्मिएको हो । अबको समाजवादको नेतृत्व गर्ने र कम्युनिष्ट आन्दोलनको झण्डा उठाएर हिँड्ने जिम्मेवारी माधव नेपालको हातमा आइलागेको छ । हामी उहाँको सहयात्री हौँ ।’

नेपालको राजनीतिमा माधव नेपालजस्तो कुनै दाग नलागेको नेता नभएको जिकिर गरे । उनले माधव नेपालले जस्तो कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता अरू कसैले नराख्ने जिकिर गरे ।


प्रतिक्रिया

4 thoughts on “माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा

  1. महाकाली अरूण तेश्रो चाइना साउथ एयर ललिता निवास पतन्जली पटकपटक कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काम २०३९/२०५४ /२०७७ मा गरेको गद्दारी कम्युनिस्ट आन्दोलनको इतिहासमा लेखिन्छ माधवकुमार नेपालको रायमाझीपथ।

    1. कम्युनिष्टमा पदलोलुप र भ्रष्ट नम्बर एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर