दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर – Nepal Press

दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते, दुईको अवस्था गम्भीर

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शुक्रवार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जीप नारायण नगरपालिका-५ धितामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

९ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहाल जानकारी दिए ।

उनका अनुसार घाइते ७ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र गम्भीर घाइतेलाई प्रदेश अस्पताल रिफर गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर