हतारमा पार्टी एकता गर्ने पक्षमा छैनौं : प्रचण्ड (भिडिओ) – Nepal Press

हतारमा पार्टी एकता गर्ने पक्षमा छैनौं : प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ ।

उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत रहेको धारणा राखे । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए ।

उनले चितवनमा केरा किसानहरुलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “हतारमा पार्टी एकता गर्ने पक्षमा छैनौं : प्रचण्ड (भिडिओ)

  1. हतार न फुर्सद एमालेले अब तिमीहरूसँग कहिल्यै एकता गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर