एसईईमा डोटीका १७.४७ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण – Nepal Press

एसईईमा डोटीका १७.४७ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

डोटी । २०८० सालको विद्यालय शिक्षा परीक्षा (एसईई)मा डोटी जिल्लाबाट १७.४७ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ डोटीले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाबाट ५४४ विद्यार्थीमात्रै उत्तीर्ण भएका हुन् ।

जिल्लाबाट परीक्षामा कुल ३ हजार ११३ विद्यार्थी सहभागी भएको इकाइले जनाएको छ । परीक्षामा ३.६ देखि ३.७३ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ ।

यस्तै ३.२ देखि ३.५९ जीपीए ल्याउनेको संख्या ९२ र २.८ देखि ३.१९ जीपीए ल्याउनेको संख्या २४१ रहेको छ । इकाइका अनुसार २.४ देखि २.७९ जीपीए ल्याउने विद्यार्थीको संख्या १९१ र २ देखि २.३९ जीपीए ल्याउने १२ रहेका छन् । सार्वजनिक नजिताअनुसार दुई हजार ५६९ जना अनुत्तीर्ण र अनुपस्थित देखाएको छ ।

जिल्लामा साधारण विद्यालयतर्फ सीताराम मावि उच्चाकोटका लक्ष्मीप्रसाद भट्ट र रजनीश रोकाया जिल्लाकै उत्कृष्ट भएका छन् । उनीहरु दुवैले समान ३.६७ जीपीए ल्याएका छन् ।

त्यस्तै सामुदायिक विद्यालयमा छात्रातर्फ झिमेमालिका मावि वायलका निशा बोगटीले उत्कृष्ट ३.५२ जीपीए ल्याएकी छन् ।

संस्थागत विद्यालयतर्फ छात्रमा सुजुङ इङ्लिस वोर्डिङ राजपुरका महेन्द्रविक्रम धामी र छात्रामा भागरथी एकेडेमी सिलगढीका अरुणिमा भण्डारी उत्कृष्ट भएका छन् ।

प्राविधिक धारका विद्यार्थीमध्ये छात्रतर्फ घण्टेश्वर मावि जोरायलका तपराज भट्ट ३.७५ र छात्रातर्फ खत्याडी मावि बोगटान फुड्सिलका पूर्णकला साउद ३.०५ जीपीए ल्याइ उत्कृष्ट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर