पत्रकार महासंघको अस्तित्व जोगाउन जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने बामघटक पत्रकारको चेतावनी – Nepal Press

पत्रकार महासंघको अस्तित्व जोगाउन जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने बामघटक पत्रकारको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघको अस्तित्व रक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने बाम घटक पत्रकार संघ संगठनले चेतावनी दिएका छन् ।

उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा शुक्रबार महासंघको कार्यालयमा प्रेस युनियन सम्वद्ध केहि व्यक्ति समूहगत रुपमा जम्मा भएर हुल हुज्जत गर्ने, निर्वाचन समितिका सदस्यमाथी दुव्र्यवहार गर्ने, निर्वाचन कार्यमा खटिएका कर्मचारीमाथी हातपात गर्ने जस्ता निन्दनीय कार्य भएको भन्दै बाम घटक विभिन्न ५ वटा पत्रकार संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी यस्तो चेतावनी दिएका हुन् ।

यस्तो अवस्थामा पनि महासंघको मुल नेतृत्वले त्यसलाई नियन्त्रण गरी वातावरण सहज बनाउन कुनै पहल नगर्नुले विभिन्न आशंका उत्पन्न गराएको र पत्रकार महासंघको विधि, विधान र स्थापित मान्यता विपरित महासंघमा हुलहुज्जत गरी प्रक्रियालाई नै अवरुद्ध गर्ने सुनियोजित कार्यमा महासंघको नेतृत्व नै संलग्न भएको स्पष्ट हुने जनाइएको छ ।

५ बाम घटक पत्रकार संगठले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका गलत कार्य हुदाँ पनि महासंघको मुख्य नेतृत्व खासगरी अध्यक्षले मौनता साध्नु र सहज वातावरण वनाउन नलाग्ननुले थप आशंका जज्माएको छ । हामी देहायका संगठन यस खालका गलत प्रवृतिलाई नियन्त्रण गरी निर्वाचन प्रक्रियालाई अघि बढाउन सहज वातावरण निर्माण गर्न र कुनै पनि षड्यन्त्रमा सामेल नभई निर्वाचन कार्यतालिका अनुसार भोलि शनिबार १५ गते केन्द्रीय समितिको मनोनयन दर्तासहितका सबै कार्य अघि बढाउन निर्वाचन समितिलाई सहयोग गर्न महास.घका अध्यक्ष र केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराउन चाहाँछौ ।’

विज्ञप्तीमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यष विष्णु सापकोटा ‘जुगल’ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदी, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्याम पोखरेलले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर