प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री चयन – Nepal Press

प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री चयन

लिज्बन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दीपक खत्री निर्वाचित भएका छन् । पोर्तुगलको राजधानी लिस्बनमा सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाई, सचिवमा मिलन रेग्मी, उपसचिवद्वयमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

यसैगरी सदस्यहरुमा माया खरेल, सागर बिसी, नविन थापा, राजेन्द्रप्रसाद डुम्रे, सुरज बिष्ट, हेमराज सुवेदी, सुमन सिलवाल, हेमन्त केसी, याम पुर्कोटी, यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, राजन कार्की, सुनिल बञ्जरा, संगीता शर्मा सिलवाल, कमल बस्नेत (सेवक), चित्रप्रसाद सुवेदी(सन्तोष), गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी र भक्त सिंह चयन भएका छन् ।

अधिवेशनको उदघाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफूहरु विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकतावद्ध बनाउँदै समृद्धिका लागि अभियान चलाइरहेको र हरेक प्रवासीको समस्यामा पुग्ने अठोट लिएको जानकारी दिएका छन् ।

अधिवेशनलाई प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, अन्तराष्ट्रिय कमिटीका सदस्य तथा स्कूल बिभाग प्रमुख गोबिन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुंगाना, अन्तर्राष्ट्रिय विद्यार्थी विभाग सचिव रोबोट लिम्बू, युरोप महिला विभाग प्रमुख निर्मला ढकाल, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगल अध्यक्ष उमेश खड्का, उपाध्यक्ष माया खरेल, नेप्लीज वुमेन एसोसिएसनकी अध्यक्ष शान्ति अर्याल अधिकारी लगायत पोर्चुगलस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर