कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब दिन प्रदीप पौडेलले थाले दबाब यात्रा (तस्बिरहरु) – Nepal Press

कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब दिन प्रदीप पौडेलले थाले दबाब यात्रा (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा सुरु गरेका छन्। सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागसहित आज बिहान सामूहिक दबाब यात्रा सुरु गरेका हुन् ।

उनले आज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका थिए । कंलकी–स्वयम्भु–ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।

उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए । उनको दबाब यात्रामा साथ दिन काठमाडौं क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसे पनि सहभागी भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *