कृषिमा छर्ने विषादीमा कर बढाएको भन्दै सिरहामा राजमार्ग अवरुद्ध – Nepal Press

कृषिमा छर्ने विषादीमा कर बढाएको भन्दै सिरहामा राजमार्ग अवरुद्ध

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबाजारमा एग्रोभेट व्यवसायी र किसानहरु आन्दोलित बनेका छन् ।

विषादी व्यवसायी संघ नेपाल मधेश प्रदेशको आयोजनामा व्यावसायी र किसानहरू आन्दोलित बनेका हुन् । उनीहरु राजमार्ग अबरुद्ध पारेका छन् । आन्दोलनले राजमार्गमा सैयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

आन्दोलनमा उत्रेका उनीहरुले कृषि वस्तु‌मा छर्ने विषादी, सुक्ष्म पोषक तत्व र कृषि औजारमा लगाएका अनावश्यक कर फिर्ता गर, कृषि प्रधान देशको मूल्य मान्यता कायम गर, किसानलाई किसान हुनुमा गर्व गर्ने वातावरण सृजना गर, किसानमाथि अत्याचार गर्न पाईदैन जस्ता नारा लगाएका छन् ।

आज सांकेतिक रुपमा आधा घण्टा राजमार्ग अवरुद्ध गर्ने र सरकारले बढाएको कर फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने संघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *