कोपा अमेरिका: ब्राजिलको शानदार जित – Nepal Press

कोपा अमेरिका: ब्राजिलको शानदार जित

काठमाडौं । कोपा अमेरिका-२०२४ मा ब्राजिलले शानदार जित निकालेको छ ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले पराग्वेलाई ४–१ ले पराजित गरेको छ ।

पहिलो खेलमा कोष्टारिकासँग हारेको ब्राजिलले आजको खेलमा जित दर्ता गरेको हो । खेलमा ३५ औं मिनेटमा स्टार खेलाडी भिनियस जुनियरले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए ।

खेलको ४३ औं मिनेटमा सेभियोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । तर खेलको ४८ मिनेटमानै पराग्वेले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर पहिलो हाफको इन्ज्युरी समयमा भिनियसले ब्यक्तिगत दोश्रो तथा टिमको लागि तेश्रो गोल गर्दै टिमलाई थप बलियो बनाए ।

दोश्रो हाफको ६५ मिनेटमा ब्राजिलले पेनाल्टिमा गोल गर्दै टिमलाइ ४-१ गोलअन्तरको जित निकाल्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर