चितवन पुगेर प्रधानमन्त्रीले मेसिनबाट रोपे धान – Nepal Press

चितवन पुगेर प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मेसिनबाट धान रोपेका हुन् ।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी साह बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायत सांसदहरु चितवनमा धान दिवस मनाउन पुगेका छन् । धान रोप्नकै लागि मात्रै होइन, उत्पादनमै जोड दिने गरी यो दिवस मनाउन लागेको कृषिमन्त्री साहले बताइन् ।

उनले भनिन्,‘सौराहाको बच्छौलीमा धान दिवस मनाउँदैछौ‌ं। प्रधानमन्त्री दाहालको उपस्थितिमा औपचारिक कार्यक्रम हुनेछ तर हामीहरु चाहीँ एक हेक्टर खेतमा धान पूरै रोपेर मात्रै फर्किनेछौँ । यसपटक विगतमा भन्दा अलि फरक ढङ्गले धान दिवस मनाउँदैछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *