गुल्मी पहिरो अपडेटः घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु – Nepal Press

गुल्मी पहिरो अपडेटः घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

रुपन्देही । गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीलेअनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव पहिले नै भेटिएको थियो । सुन्तली र विपना पनि पछि मृतअवस्थामा भेटिएका हुन् । घटनास्थलमा इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी पुगेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।

सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। गयराती परेको पानीले जिल्लाका अन्य स्थानमा पनि गएका पहिरोले कच्ची बाटोहरु प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *