लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ – Nepal Press

लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई उपत्यका अपराध महाशाखाकाे टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।

उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताकाे ६ अर्बभन्दा बढी रूपैयाँ  अपचलन गरेकाे थियाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर