मदन भण्डारीको सम्झनामा रिटर्नी फेडेरेसनले गर्‍याे वृक्षारोपण – Nepal Press

मदन भण्डारीको सम्झनामा रिटर्नी फेडेरेसनले गर्‍याे वृक्षारोपण

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले मदन भण्डारीको जन्मजयन्तीको अवसर पारी उनको सम्झनामा वृक्षारोपण गरेको छ । भण्डारीको जन्मदिवस असार १४ गतेका दिन फेडेरेसनले बुढानिलकण्ठ ११ स्थित कपन गढी पार्कमा वृक्षारोपण गरेको हो ।

बद्लिदो परिस्थितिमा ग्लोबल वार्मिङका कारण विश्वब्यापी रुपमा पृथ्वीको तापक्रम बढिरहेका बेला वातावरणिय सुधारका लागि नेकपा एमाले सम्बद्ध फेडेरेसनले देशैभर वृक्षारोपणलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष उत्तम अधिकारीले बताएका छन् ।

उक्त वृक्षारोपण कार्यक्रम अन्तर्गत कपन गढी पार्कमा २०० वटा ठूला र लामो आयु भएका प्रजातिका बिरुवाहरु रोपिएको थियो । नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं प्रतिनिधि शभा सदस्य अच्युतप्रसाद मैनालीले धुपिको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

त्यसैगरी एमालेका केन्द्रीय सदस्य एवं फेडेरेसनका ईन्चार्ज डा. सुर्य पाठकले विभिन्न प्रजातिका बिरुवाहरु रोप्दै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको आलोकमा हुर्किरहेको पार्टी र त्यसको जनसंगठनहरुले असार १४ का दिन रोपेका बिरुवाहरु मार्फत भण्डारीलाई दिर्घकालसम्म स्मरणमा राख्न र उनको सादगी एवं सैद्धान्तिक पदचापलाई पच्छ्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ को सहकार्यमा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रवक्ता नवराज भट्टराई, वडा नम्वर ११ का वडा अध्यक्ष राजु अधिकारी सहित स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

रोपिएका सबै बिरुवालाई आवस्यक प्राङ्गारीक मलको व्यवस्थापन फाहोरमैला व्यवस्थापन क्षेत्रको अग्रणी संस्था परिवर्तन सेवा प्रालीका अध्यक्ष मित्र प्रसाद घिमिरेले गरेका थिए । झण्डै २०० विरुवा रोपिएको उक्त पार्कमा वडासंगको सहकार्यमा आवस्यकता अनुसार पार्कको सरसफाई र रोपिएका बिरुवाको संरक्षणमा संगठन जोडिइरहने फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले बताएका छन् ।

फेडेरेसनका केन्द्र, बागमती प्रदेश र काठमाण्डौ तथा भक्तपुर जिल्लाका पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमुलक सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५० जना भन्दा बढी सहभागी थिए । १४ गते नै धनकुटा लगायत विभिन्न जिल्ला कमिटीहरुले वृक्षारोपण गरेका फेडेरेसनका प्रचार तथा प्रकाशन विभाग प्रमुख खेम कार्कीले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर