हिजो भत्केको वाम विकल्प जोड्नसक्ने नेतृत्व एकताबद्ध भएर दिन्छौं: घनश्याम भुसाल – Nepal Press

हिजो भत्केको वाम विकल्प जोड्नसक्ने नेतृत्व एकताबद्ध भएर दिन्छौं: घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताएका छन्।

महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए।

उनले भने, ‘हिजो एउटा वाम विकल्प थियो। त्यो भत्केको छ। त्यसलाई समेत जोड्ने इतिहासको त्यो दायित्व पूरा गर्न सक्नेगरी हाम्रो नेतृत्व एकताबद्ध भएर नेतृत्व चयन गर्नेछौं।’

उनले पार्टीको ९ औं महाधिवेशनमा नीति एउटा, नेतृत्व अर्को व्यक्ति भएकाले असफल भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर