सूचना माग्दा नदिने निकायलाई कारबाही हुन्छ: प्रमुख सूचना आयुक्त गुरुङ – Nepal Press

सूचना माग्दा नदिने निकायलाई कारबाही हुन्छ: प्रमुख सूचना आयुक्त गुरुङ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरेर सूचना माग्दा समेत नदिने निकायलाइ कारबाहीको दायरामा ल्याइने बताएका छ्न् ।

संचारिका समूहले काठमाडौंमा बागमती प्रदेशको पत्रकारहरुको लागि आयोजना गरेको प्रदेशस्तरीय ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुरक्षा विषयक दुई दिने तालिम समापन समारोहमा बोल्दै गुरुङले कानुनले प्रत्यायोजन सूचनाको हकलाई नेपालको सबै निकायले पालना गर्नुपर्ने बताए ।

नागरिकहरुको सूचना पाउने हकलाई कसैले पनि बन्देज लगाउन नपाउने भन्दै उनले पत्रकारहरुले सूचनाको हकको अधिकतम् उपयोग गर्नु पर्ने बताए ।

आफुहरुले सूचनाको हक प्रयोग गर्दा समेत सूचना दिन अटेर गर्ने ४३ वटा निकायलाइ कारबाहीको दायरामा ल्याइसकेको भन्दै सूचनाको हक प्रयोग आम नागरिको अधिकार रहेको बताए । ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुरक्षा विषयमा पनि काम गरिरहेको उल्लेख गर्दै संचार माध्यममा समावेशीकरण अत्यन्त आवश्यक रहेको र यो सबै मिडिया हाउसमा लागू हुनुपर्ने बताए ।

बागमती प्रदेशका ३९ जना पत्रकारहरु सहभागी कार्यक्रममा नेपाल टेलिभिजनका संचालक समिति सदस्य आरती चटौतले तालिमको सहजिकरण गरेकी थिइन् । उनले नेपालमा जेसी पोलिसी र नेपालको मिडियामा यो पोलिसीको प्रयोगबारे पत्रकारहरुलाइ सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा संचारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा, इन्टरनेशनल अलर्टका एसिया निर्देशक रविना श्रेष्ठ , संचारिका समूह बागमती प्रदेशका अध्यक्ष सरिता दाहालले जेसी पोलीसिको विषयमा प्रष्ट पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर