ओखलढुंगाको सबैभन्दा धेरै धान उत्पादन हुने सिल्खुबेसीमा एमालेको सामुहिक रोपाई – Nepal Press

ओखलढुंगाको सबैभन्दा धेरै धान उत्पादन हुने सिल्खुबेसीमा एमालेको सामुहिक रोपाई

ओखलढुंगा । असार १५ धान दिवसको अवसर पारेर नेकपा एमाले चम्पादेवी गाउँपालिका कमिटीले सामुहिक धान रोपाई आयोजना गरेको छ । रामेछाप र ओखलढुंगाको सिमानदी लिखु किनारामा अवस्थित प्रसिद्ध सिल्खुबेसीमा एमाले नेता कार्यकर्ताले धान रोपाइ गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवार,ओखलढुंगा जिल्ला कमिटी उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापासहित सहभागीले कार्यकर्ता र जनताको खेतमा श्रमदान गरेका हुन् ।

सामुहिक धान रोपाइमा चम्पादेवी गाउँपालिका उपाध्यक्ष दिलामाया मगर, लिखु गाउँपालिकाका वडाध्यक्ष हिरावहादुर कार्की, केशवहरी ढुंगेललगायतका नेता कार्यकर्ताले श्रमदान गरेको गाउँपालिका कमिटी अध्यक्ष सुमन घिमिरले बताए ।

माना मुरी धान फल्ने फाँटका रुपमा चर्चित सिल्खुबेसीमा पछिल्लो समय कृषकले खेताला समेत नपाउने अवस्था हुँदै गएको छ । चम्पादेवी ३ स्थित सिल्खुबेसी जिल्लाकै सबैभन्दा बढी धान उत्पादन हुने ठाउँ हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर