सुस्तामा नेपाली सेनाले बनायो पुस्तकालय – Nepal Press

सुस्तामा नेपाली सेनाले बनायो पुस्तकालय

रुपन्देही। पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा नेपाली सेनाले पुस्तकालय भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेनाले निर्माण गरेको ‘गोरख पुस्तकालय’ पुस्तकालय स्थानीय जनता दलित आधारभूत विद्यालयमा हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटरअन्तर्गत २२ नं बाहिनी अड्डाको सहकार्यमा परासीस्थित गोरखदल गणले रु १५ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो ।

गोरख दल गणका गणपति प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्य गर्ने नीतिअनुरूप पुस्तकालय भवन निर्माण गरेको बताए । यसअघि गोरख दल गणका तत्कालीन प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले करिब एक लाख बराबरका पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

नारायणी नदीले धार परिवर्तन गरेका कारण लामो समयदेखि यहाँ रहेका नेपालीले सरकारबाट पाउनुपर्ने आधारभूत सुविधा नपाएको र भारतीयहरुको उस्तै हेपाईमा पर्दै आएको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर