१४ महिनाअघि प्रेमिकाको हत्यापछि फरार चौधरी पक्राउ – Nepal Press

१४ महिनाअघि प्रेमिकाको हत्यापछि फरार चौधरी पक्राउ

रूपन्देही । १४ महिनाअघि प्रेमिकाको हत्या गरेर फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । राजापुर नगरपालिका ८, बर्दियाका २६ वर्षीय शैलेन्द्र चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको हो । चौधरीले २९ वैशाख, ०८० मा नेपालगन्ज उपमहानगरपालिका ९ स्थित कोठा भाडामा लिएर बस्दै आएकी कोहलपुर नगरपालिका ६ की २२ वर्षीय सुमदरानी थारुको घाँटी रेटेर फरार भएको आरोप लागेको छ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत बाँकेको जानकी गाउँपालिका १ पचपोखराबाट पक्राउ गरिएको हो ।

शुक्रबार पक्राउ परेका चौधरीको बारेमा थप अनुसन्धान गर्न बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी डाँगीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर