नेपालले लेबनानमा हुने सेडार्स महिला फुटबलमा सहभागिता नजनाउने – Nepal Press

नेपालले लेबनानमा हुने सेडार्स महिला फुटबलमा सहभागिता नजनाउने

काठमाडौं । नेपालले लेबनानमा हुने सेडार्स महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जुलाई ८ देखि १६ सम्म लेबनानमा हुने सेडार्स महिला फुटबलमा नेपालले सहभागिता नजाने निर्णय गरेको हो ।

लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सहभागिता नजनाउने निर्णय गरिएको एन्फाले जनाएको छ ।

नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइने एन्फाले सामाजिक सन्जालमार्फत उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर