रोपाइँ कार्यक्रममा आरजूको दाबी- देशको उन्नति कांग्रेसले नै गरेको हो (भिडिओ) – Nepal Press

रोपाइँ कार्यक्रममा आरजूको दाबी- देशको उन्नति कांग्रेसले नै गरेको हो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणले जनताले विश्वास गरेर नै कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएकी छन् । भक्तपुरको सल्लाघारीमा आयोजित रोपाइँ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले हार्दा देशले दुःख पाउनुपरेको सुनाइन् ।

उनले भनिन्, ‘जब हामी हार्छौं, त्यसपछि देशले दुःख पाउँछ । अहिले पनि सत्तामा पुगेपछि कांग्रेसको लडाइँ हुने, फेरि विपक्षमा आएपछि सबै मिल्ने, यो चाहिँ हाम्रो नेताहरुले पनि यसको साइकोलोजी बुझ्नुभएको होला । मैले केन्द्रीय समितिको बैठकमा पनि उठाएँ, हाम्रो सबै कुरा एउटै छ भने एकजुट भएर लागौं । अहिलेसम्म जनताले हामीलाई नै विश्वास गरेका छन् । सबैभन्दा ठूलो पार्टी हाम्रै छ । जनताले दिएको विश्वास जित्दै जाँदा योभन्दा ठूलो पार्टी बनाउन सक्छौं ।’

नेपाली कांग्रेसले नै देशमा उन्नति गर्दै गएको उनले जिकिर गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर