कम्युनिष्ट एकताको विकल्प छैन, तर कसैले मेरै नेतृत्वमा हुनुपर्छ भनेर अहंकार नगरे हुन्छ: विप्लव (भिडिओ) – Nepal Press

कम्युनिष्ट एकताको विकल्प छैन, तर कसैले मेरै नेतृत्वमा हुनुपर्छ भनेर अहंकार नगरे हुन्छ: विप्लव (भिडिओ)

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी भइरहेको बताएका छन् ।

पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले देशलाई अप्ठेरो पर्दा कम्युनिष्टहरुले नै देशलाई मुक्त गराउने गरेको बताए ।

उनले भने, ‘अहिले देखिएको चुनौतीको निकास पुष्पलाललाई आधार बनाएर नयाँ प्रस्तावअनुसार कुनै पार्टीले अहंकार नगरे हुन्छ । मेरै नेतृत्वमा, मैले नै, मैले नै भनेको मान्नुपर्छ भनेर कसैले सोच्छ भने त्यो सम्भव छैन । सबैले हेक्का राखे हुन्छ । नयाँ आधारमा एकताको प्रस्ताव गरेर कम्युनिष्टहरुलाई पुनर्जागृत गरेर एउटै पार्टी बनाउन सक्छौं ।’

महासचिव विप्लवले अहिले पनि देशमा ७० प्रतिशतभन्दा धेरै जनता कम्युनिष्टहरुको पक्षमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर