कम्युनिष्टहरुबीच पुन: एकता हुनैपर्छ, समाजवाद निर्माण गर्न जमिनलाई राष्ट्रियकरण गर्नुपर्छ: वामदेव गौतम – Nepal Press

कम्युनिष्टहरुबीच पुन: एकता हुनैपर्छ, समाजवाद निर्माण गर्न जमिनलाई राष्ट्रियकरण गर्नुपर्छ: वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन् ।

शनिबाार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए ।

उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए ।

जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले राज्यले आफूसँग नलिइकन समाजवाद स्थापना नसकिने उनको भनाइ छ ।

‘कमसेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुप¥यो । हामी एकता गर्छौं । नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ । त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर’, नेता गौतमले भने, ‘राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो, मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिइकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ ।’

उनले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर