कम्युनिष्ट एकतामा जाेड दिँदै माधव नेपालले भने- बसौं छलफल गरौं (भिडिओ) – Nepal Press

कम्युनिष्ट एकतामा जाेड दिँदै माधव नेपालले भने- बसौं छलफल गरौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै कम्युनिष्ट एकता हुँदै समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने बताए।

उनले भने, ‘कम्युनिष्टहरुलाई एकताबद्ध हुनुपर्छ तर पहल गर्ने मान्छे चाहिँदोरहेछ। पहल गर्ने मान्छेले गरी देखाउने रहेछ। हामी त्यसै गुनासो मात्रै गरेर बस्यौं भने केही पनि हुँदैन। पुष्पलालले पहल गरेर कम्युनिष्ट पार्टी बनाउनुभयो। पछि विद्रोह गरेर अर्को पार्टी गठन गर्नुभयो। उहाँले नयाँ पार्टी गठन गरेपछि नयाँ स्थिती सुरु भयो। माओवादी जनयुद्धको छुट्दै अनुभव छ हाम्रो छुट्टै छ। अहिले पनि अलग अलग कोणहरु पनि छन् बसौं छलफल गरौं।’

उनले अब जनवादी गणतन्त्रलाई समाजवदी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताए।


प्रतिक्रिया

2 thoughts on “कम्युनिष्ट एकतामा जाेड दिँदै माधव नेपालले भने- बसौं छलफल गरौं (भिडिओ)

  1. basau chhalfal garau bhanera uha mahodaya budhanilkantha sawari hunu hunchha. apamaaaaaan thannu hunchha anta gayera chhalfal garna.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर