क्रान्तिकारी माओवादी पनि कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा छ: सीपी गजुरेल – Nepal Press

क्रान्तिकारी माओवादी पनि कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा छ: सीपी गजुरेल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पनि आफ्नो पार्टी कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् ।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको बताए ।

नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्नेमा जोड दिए ।

नेता गजुरेलले कम्युनिष्टहरुले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए ।

‘जनतामा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरु के भन्छन् भने समाजवादको लागि अगाडि बढ्ने हो । अर्काे सबैले गणतन्त्र भन्छन् । यो लोकप्रिय भएको छ । हाम्रो पार्टी असाध्यै कम्युनिष्ट एकताको पक्षमा छ’, उनले भने ।

नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर