दोष अर्काको थाप्लोमा हालेर आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्तिले कम्युनिष्ट एकता हुँदैन: प्रचण्ड (भिडिओ) – Nepal Press

दोष अर्काको थाप्लोमा हालेर आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्तिले कम्युनिष्ट एकता हुँदैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गर्नसके दिगो हुने बताएका छन् । पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले २०७४ सालमा एमालेसँग एकता गरेर कम्युनिष्टहरुलाई एकजुट बनाउने प्रयास गरे पनि सफल नभएको बताए ।

उनले भने, ‘अहिले पछिल्लो चोटी माओवादी आन्दोलनमा विभाजन भयो । किनकि सबैभन्दा बढी अगाडि बढेको आन्दोलन थियो । जसरी पुष्पलाल अगाडि बढेर पार्टी बनाउनुभयो, तर घेराबन्दी त्यही सुरु भयो । सबैभन्दा पहिला त्यस्तो हुनु स्वाभाविक हो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्र र जनताको पक्षमा राम्रो नियतका साथ समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

दोष जति सबै अर्काको थाप्लोमा हाल्दिने, तर आफू चाहिँ दूधले नुहाएको जस्तो प्रवृत्ति देखाउनाले कम्युनिष्टहरु एकताबद्ध हुन नसकेको उनको तर्क थियो । उनले कम्युनिष्टहरुको पक्षमा दुई तिहाइ जनमत बनाउन नेतृत्व गर्नेभित्रमा आफू रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर