‘क्रान्ति अधुरै छाडेकोप्रति माओवादीसँग आपत्ति हो, भूराजनीतिक चलखेल नभएको भए राज्यलाई जित्थ्यौं’ (भिडिओ) – Nepal Press

‘क्रान्ति अधुरै छाडेकोप्रति माओवादीसँग आपत्ति हो, भूराजनीतिक चलखेल नभएको भए राज्यलाई जित्थ्यौं’ (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रले थालेको जनयुद्ध अधुरै रहेको जिकिर गरेका छन् । प्रकाश विकल्पको ‘एन्टिथेसिस’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्ति सकिएको छैन, अझै जारी राख्नुपर्छ भन्दा आफू एक्लिएको बताए ।

उनले भने, ‘अहिले १७ हजार भन्छन्, २१ औं शताब्दीको सुरुमा आएर सबैले विद्रोह गर्नुपर्छ भनेर महान काम गरेका हौं । ढिलो भयो पो भन्नुपर्ने हो तपाईंहरुले । पहिले ढिलो भएको हो, अहिले अपूरो भयो भन्ने हो मेरो बुझाइ । मैले आधा गिलास भरी आधा खाली किन भनें ? माओवादी पार्टी र सार्थीहरुसँग मेरो आपत्ति छ । भूराजनीतिक कारणले हाम्रो क्रान्ति अपूरो थियो । भूराजनीतिक चलखेल नभएको भए यो राज्यलाई हामी जित्थ्यौं । तर, चलाउन सकिँदैनथ्यो, त्यो त बुझेकै थियौं नि !’

नेता भट्टराईले माओवादीका नेताहरूलाई लक्षित गर्दै क्रान्ति अधुरो भएको स्वीकार्न तयार नभएको बताए ।

उनले थपे, ‘भूराजनीतिले बाहिरबाट हस्तक्षेप गर्थ्यो, फेरि अफगानस्ता, सिरिया, युक्रेन जस्तो हुने खतरा हुन्थ्यो । त्यो भएकाले हामीले सम्झौता गरेर जाऔं भनेकै हौं । तर, त्यतिबेला सम्झौता नगरौं भन्ने साथीहरु अहिले क्रान्ति पूरा भएको जस्तो गरेर बसिरहेका छन् । क्रान्ति पूरा भएको छैन भन्ने मान्छे चाहिँ एक्लिएको छ अहिले ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर