एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे देउवा – Nepal Press

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् ।

कांग्रेस सभापति देउवा ओली भेट्न शनिबार अपराह्न बालकोट पुगेका हुन् ।

स्वास्थ्यमा सामान्य समस्याका कारण शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएका ओली भेट्न देउवा बालकोट पुगेका थिए । दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा दुइटै पार्टीले बाहिर ल्याउन चाहेका छैनन् ।

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले एकापसमा छलफल र संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ ।

संक्रमणकालीन न्याय (टीआरसी) राजनीतिक सहमतिमै टुंग्याउन प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले छलफल गर्दै आएका छन् । यसैबीच एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रतिक्रिया

One thought on “एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे देउवा

  1. धितोपत्र बोर्डको अध्यक्षमा आफुले भनेको, आफ्नो मान्छे राख्न प्रचन्ड सहमत नभएपछि अब ओलि बा अर्को तिर साठगाठको तयारि गर्न लागेछन ,गर्नु पर्नेपनि यहि हो, अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर