विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य – Nepal Press

विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एक-एक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नाेर्त्जेले २६ रन दिए ।

त्यस्तै तीन ओभर बलिङ गरेका तब्रेज शम्सीले २६ र एइडन मक्रम दुई ओभर बलिङ गरेर १६ रन खर्चंदा कुनै विकेट हात पार्न सकेनन् ।


प्रतिक्रिया

One thought on “विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर