डिफेन्डिङ च्याम्पियन इटाली युरो कपबाट बाहिरियो – Nepal Press

डिफेन्डिङ च्याम्पियन इटाली युरो कपबाट बाहिरियो

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इटाली युरो कप-२०२४ बाट बाहिरिएको छ ।

साबिक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाट नै बाहिरिएको हो । शनिबार भएको खेलमा स्विट्जरल्यान्डसँग २–० ले पराजित हुँदै इटाली प्रतियोगिता बाट बाहिरिएको हो ।

खेलको ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमानै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै इटाली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो भने स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर