मार्टिनेज उच्च लयमा, अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा – Nepal Press

मार्टिनेज उच्च लयमा, अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं। साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। आइतबार बिहान पेरुलाई २-० गोलले हराउँदै अर्जेन्टिना अपराजित यात्रासहित अन्तिम ८ पुगेको हो।

लियोनल मेस्सीलाई विश्राम दिइएको यस खेलमा दुवै गोल लाउतारो मार्टिनेजले गरे। मार्टिनेजले ४७ र ८६ औँ मिनेटमा गोल गरेका थिए। ३ खेलबाट ९ अंक भएको अर्जेन्टिना समूहको विजेता बन्यो। उसले अघिल्ला दुई खेलमा क्यानडालाई २-० र चिलीलाई १-० गोलले हराएको थियो।

मार्टिनेजले जारी खेलमा सर्वाधिक ४ गोल गरेका छन्। अघिल्ला दुई खेल खेलेका मेस्सी गोलविहिन छन्। अर्जेन्टिनाले विश्वकपको पनि साविक विजेता हो।

अर्जेन्टिनाको समूहबाट क्यानडा पनि अन्तिम ८ पुगेको छ। अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेल्यो। चिली पहिलो चरणबाटै बाहिरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर