डेनमार्कलाई हराएर जर्मनी पुग्यो युरो कपको क्वाटरफाइनलमा – Nepal Press

डेनमार्कलाई हराएर जर्मनी पुग्यो युरो कपको क्वाटरफाइनलमा

काठमाडौं। जर्मनी जारी युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।

आइतबार बिहान भएको खेलमा जर्मनीले डेनमार्कलाई २-० गोलले हरायो। जर्मनीको जितमा काई हावार्टज र यमल मुसियालाले गोल गरे।

हावार्टजले ५३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा मुसियालाले अग्रता दोब्बर बनाएपछि जर्मनी जितनजिक पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर