कोपा अमेरिका: क्यानडा क्वाटरफाइनलमा प्रवेश – Nepal Press

कोपा अमेरिका: क्यानडा क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कोपा अमेरिका-२०२४ मा क्यानडा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको खेलमा चिलिसँग बराबरीमा रोकिएपछि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

खेलको २७ औं मिनेटमा चिलि १० खेलाडीमा सिमित हुनुपरेको थियो । चिलिका सुवाजो रातो कार्ड खादै बाहिरिएपछि चिली दबाबमा आएको थियो ।

क्वाटरफाइनलमा पुग्न खेल जित्नै पर्ने दवावमा रहेको चिली बराबरीपछि पहिलो चरणबाटै बाहिरिएको छ ।

बराबरीपछि क्यानडा ४ अङ्कसहित क्वाटर फाइनल प्रवेश गर्दा २ अंक रहेको चिली र १ अंक रहेको पेरु बाहिरिएका छ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर