सही सूचना प्रवाह गर्न कञ्जुस्याइँ नगरेर सूचना सम्प्रेषण गर्नुपर्छ: नगरप्रमुख ढकाल – Nepal Press

सही सूचना प्रवाह गर्न कञ्जुस्याइँ नगरेर सूचना सम्प्रेषण गर्नुपर्छ: नगरप्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै पत्रकारले सूचनाका सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

आइतबार प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको जिल्ला स्तरीय भेलामा नगरप्रमुख ढकालले सही सूचना प्रवाह गर्नमा कुनै कञ्जुस्याइँ नगरेर सूचना सम्प्रेषण गर्न आग्रह गरिन् ।

समाजमा सहि सूचना सम्प्रेषण नहुँदा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उनले सूचना प्रवाहमा कञ्जुस्याइँ नगरेर सरोकारवालाको ध्यानाकर्षण गर्नुपर्ने बताइन् ।

सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उनको भनाइ छ ।

यस्तै, प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले नेपाल पत्रकार महासंघले गैरपत्रकारहरुलाई प्रश्रय दिएर वास्तविक श्रमजीवी पत्रकारलाई उपेक्षित गर्दै आइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर