प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद, दुई नेता भेट्दै – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद, दुई नेता भेट्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोनमा संवाद भएको छ ।

विहान प्रधानमन्त्रीले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि दुई नेताबीच भेट तय भएको छ । केहीबेरमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिवार कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित भएको छ । प्रधानमन्त्रीले माओवादी नेताहरुसँग समेत ओली र देउवाबीचको छलफलबारे बिश्लेषण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर