क्यान्सर उपचारका लागि चितवन आएका चिनियाँ नागरिक मृत भेटिए – Nepal Press

क्यान्सर उपचारका लागि चितवन आएका चिनियाँ नागरिक मृत भेटिए

चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् ।

यहि असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ५६ वर्षका चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान अस्पताल बाहिरको होटलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार क्यान्सर अस्पताल अगाडिको वर्षाना होटलको कोठा नम्बर ११९ मा बसी उपचार गराइरहेका उनी आज मृत भेटिएका हुन् ।

बिहान ८ बजेर ५५ मिनेटमा होटलको ट्वाइलेटमा घोप्टी परेको अवस्थामा मृत भेटिएको जानकारी प्राप्त भएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार मृतक चिनिया नागरिकको बारेमा नेपालस्थित चिनिया राजदुतावासमा कुराकानी भइसकेको छ ।

राजदुतावाससँगको समन्वयमा शव व्यवस्थापन तथा अनुसन्धानको प्रकृया अघि बढाइने डिएसपी रिजालले नेपाल प्रेसलाई जानकारी दिए । डिएसपी रिजालका अनुसार ६ दिनदेखि बियान होटलमा एक्लै बस्दै आएका थिए । उनी नेपाल उपचार बाहेक कुन प्रयोजनमा बस्दै आएका थिए भन्ने पनि नखुलेको डिएसपी रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर