२२ सीट क्षमताको विद्युतीय बस आउँदै, एक पटकको चार्जले ३ सय किलोमिटर गुड्ने – Nepal Press

२२ सीट क्षमताको विद्युतीय बस आउँदै, एक पटकको चार्जले ३ सय किलोमिटर गुड्ने

काठमाडौं । शशीला मोटर्स प्रालिले भ्यान्चे ब्राण्डको २२ सीट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल ल्याउने भएको छ ।

बसलाई एक पटक चार्ज गर्दा ३ सय किलोमिटर गुड्ने छ । ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।

भ्यान्चे बसमा १ सय २३ किलोवाटको ब्याट्री जडान रहेको छ । एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुनेछ ।

शशिला मोटर्स प्रालीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको बताए ।

बस नेपाल आउनुभन्दा पहिला पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने जानकारी दिए ।

दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ ।

बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर