प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली – Nepal Press

प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित छ । प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरेका थिए । आज बिहान प्रचण्डले ओलीलाई टेलिफोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको बताइएको छ ।

ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

  1. बैठकहरुमा, भेटघाटहरुमा ओलि जे जसरि प्रस्तुत् भएपनि ओलि प्रचण्ड सग खुशि छैनन किनकि धितोपत्र बोर्ड अध्यक्षको कारण , बर्षमान पुन र प्रचण्डको हठको कारण पुरै देशको अर्थतन्त्र बन्दक जस्तै बनेको सबैलाइ सर्वविधितै छ, के धितोपत्र बोर्ड माओबादिको मात्र पेवा हो ????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर