नेकपा एसको महाधिवेशनमा स्कूल बसमा ओसारियो कार्यकर्ता – Nepal Press

नेकपा एसको महाधिवेशनमा स्कूल बसमा ओसारियो कार्यकर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय मधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा नेता-कार्यकर्ता जम्मा हुन थालेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं भित्रएका प्रतिनिधि आइरहेका छन् ।

महाधिवेशनमा स्कूल बसमा कार्यकर्ता ओसारिएको छ । भक्तपुरको कमलविनायक टाउन प्लानिङ स्थित रोमबस सेकेण्डरी स्कूलको २ वटा गाडीमा प्रतिनिधिहरू आएका हुन् । विद्यालयलाई राजनीति गतिविधिमुक्त क्षेत्र बनाउने प्रतिवद्धता भुल्दै आफ्ना कार्यक्रममा तीनै विद्यालय र विद्यालयका सम्पत्तिको प्रयोग गरिरहँदा दलहरू बेलाबेला आलोचित हुँदै आएका छन् ।

नेता-कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भएर जुलुससहित महाधिवेशनस्थल जाने योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *