प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ बजारमा – Nepal Press

प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ बजारमा

काठमाडौं । सुशासनका अभियन्ता एवं लेखक प्रकाश विकल्पको तेस्रो पुस्तक बजारमा आएको छ । शनिबार एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकल्पद्वारा लिखित ‘एन्टिथेसिस’ को लोकार्पण गरे । यसअघि उनले ‘देश किन बनेन ?’ र दोस्रो सिर्जनाको रूपमा ‘समृद्धिको रोडम्याप’ पाठकसामु पस्किसकेका छन् ।

शिखा बुक्सको प्रकाशनमा निकालिएको ‘एन्टिथेसिस’ ले नयाँ अग्रगामी राजनीतिक विचारबारे जिज्ञासु तथा नयाँ पुस्तालाई उपयोगी भएको भट्टराईले बताए ।

पुस्तकमा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयवस्तु समेटिएका छन् । मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस कृतिमा मानव समाजको वैज्ञानिक विकासक्रमलगायत विषय समेटिएका लेखकले बताए ।

समाज, राजनीति, मान्छे मान्छेले विकास गरेका धर्म संस्कार, परम्परा, विज्ञान प्रविधि सबै चिजलाई मिलाएर पूरा प्याकेज दिन खोजेको उनको भनाइ छ । मान्छे हुन प्रश्न गर्ने र परिवर्तनकारी चेतना आवश्यक पर्ने भन्दै विकल्पले २१औं शताब्दीको युगमा विज्ञान, आधुनिकताको, मानव जातिको बराबरी हितको समानताको पक्षमा आफूले वकालत गर्न खोजेको बताएका छन् ।

‘नागरिकमा वैज्ञानिक चेतना भएन भने । अबको राजनीतिक एजेण्डा कस्तो हुनुपर्छ ? अबको २० वर्षभित्र नेपालको आफ्नै स्पेस स्टेशन हुन्छ । १० वर्षभित्र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने वैज्ञानिक उत्पादन गर्नेजस्ता भिजन चाहिन्छ । तपाईँ जति ठूलो प्रश्न गर्न सक्नुहुन्छ । त्यति नै ठूलो मान्छे बन्नुहुन्छ’, पुस्तकमार्फत् आफूले जोड दिन खोजेको कुरा विकल्पले सारमा सुनाए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्रीहरू जनार्दन शर्मा र गणेश शाह, साहित्यकार डा. सुधा त्रिपाठी, प्राडा गणेश भुजुलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरेका थिए ।

पुस्तकको लोकार्पण समारोहको भिडिओ यहाँबाट हेर्नुस्-

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *