उम्मेदवारी फिर्ता लिन बाइडेनलाई चन्दादातादेखि न्यू योर्क टाइम्ससम्मको आग्रह – Nepal Press

उम्मेदवारी फिर्ता लिन बाइडेनलाई चन्दादातादेखि न्यू योर्क टाइम्ससम्मको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेद्वारी फिर्ता लिन अमेरिकी अखबार न्यू योर्क टाइम्सको सम्पादकीयदेखि चुनावी चन्दादाताले आग्रह गरेका छन् । न्यू योर्क टाइम्सले चार वर्षअघिका जस्ता प्रभावशाी बाइडेन अहिले नभएको भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । पत्रिकाले सम्पादकीयमार्फत् बाइडेन यो पटक उम्मेदवार हुने बारेमा बलियो तर्क नभएको जिकिर गरेको हो ।

डेमोक्रेटिक दलसँग झुकाव राख्ने र डेमोक्रेटिक उम्मेदवारलाई इन्डोर्स गर्दै आएको न्यू योर्क टाइम्सले मात्रै होइन, बाइडेनका चन्दादाताहरूले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । ८१ वर्षका बाइडेनलाई यस्तो आग्रह गरिएको अमेरिकी अखबार ब्लुमबर्गले उल्लेख गरेको छ । ब्लुमबर्गको समाचार साभार गरेर रुसी विश्व मिडिया आरटीले बताएअनुसार डेमोक्रेटिक दलका शीर्ष नेतादेखि शीर्ष चन्दादाताले इमेल लेखेर यस्तो आग्रह गरेका छन् । वासिङटन डीसीदेखि वाल स्टेटसम्मका उनीहरूले बाइडेनको उम्मेदवारी फिर्ता नै राम्रो विकल्प भएको तर्क गरेका छन् ।

अमेरिकी समयअनुसार बिहीबार जर्जिया राज्यको एटलान्टामा बाइडेन र ट्रम्पको चुनावी डिबेट भएको थियो । चार वर्षअगाडि पनि उनीहरूको डिबेट भएको थियो । बुधबारको डिबेटमा ट्रम्प हाबी भएका थिए । उम्मेदवारहरूले शतुत्रापुर्ण प्रदर्शन गरेका थिए । हात नमिलाउनु, एकले अर्काको खिल्ली उडाउनु र आक्रोशमात्रै पोख्नुले त्यो झल्काएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर