संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे (भिडिओ) – Nepal Press

संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताए ।

संसदको कूटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताए ।

उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए ।

उनले संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ की सक्दैन ? भन्नेकुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए ।

उनले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताए ।

उनले २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताए ।

सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढंगबाट निर्क्यौल गर्ने, विश्वव्यापी रुपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *