विद्रोहलाई महाधिवेशनबाट संस्थागत गरेर एमालेभन्दा राम्रो पार्टी निर्माण गर्छौँ : घनश्याम भुसाल – Nepal Press

विद्रोहलाई महाधिवेशनबाट संस्थागत गरेर एमालेभन्दा राम्रो पार्टी निर्माण गर्छौँ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाटको विद्रोहलाई संस्थागत गर्नको लागि महाधिवेशनमा उभिएको बताएका छन्।

पार्टीको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै तत्कालीन पार्टी एमाले आफूहरूको संकल्पको दिशातर्फ नगएपछि भविष्य सोचेर अलग भएको प्रष्ट्याए।

उनले भने, ‘हामीले पुनर्गठन र रूपान्तरणको कुरा गरेका हौँ। यो संकल्प हामीले छाडेको पार्टीभन्दा राम्रो असल, निर्माण र पुनर्गठन गर्छौँ। र, कम्युनिष्ट आन्दोलनलाई नै रूपान्तरण गर्छौँ। यो संकल्पका साथ हामी हिँडेको करिब ३ वर्ष हुँदैछ। यो अवधिमा धेरै उकाली ओराली व्यहोर्यौं। हण्डर ठक्कर आएको धेरै क्षति व्यहोर्यौं। तर, भविष्यप्रतिको संकल्प ओझेल हुन दिएनौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर