पाँच करोड हाराहारी मतदाता भएको फ्रान्समा आज पहिलो चरणको संसदीय निर्वाचन हुँदै – Nepal Press

पाँच करोड हाराहारी मतदाता भएको फ्रान्समा आज पहिलो चरणको संसदीय निर्वाचन हुँदै

काठमाडौं । आज फ्रान्समा पहिलो चरणको संसदीय चुनाव हुँदैछ ।

फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ का अनुसार ५७७ सिटको लागि हुने चुनावमा विजेता बन्न कम्तीमा ५० प्रतिशत मत ल्याउनुपर्छ ।

कुल मतदातामा न्यूनतम २५ प्रतिसतले मतदान गर्दा मात्रै यो मान्यता प्राप्त हुन्छ । पहिलो चरणको चुनावमा ५० प्रतिशत नकटाउँदा १२.५ प्रतिशतमाथि मत पाउनेहरू दोस्रो चरणमा पुग्नेछन् । यदि कसैको १२.५ प्रतिशत पुगेन भने सबैभन्दा धेरै मत ल्याउने दुई जना दोस्रो चरणमा पुग्नेछन् ।

यूरोपेली संघमा आबद्ध एक्लो आणविक राष्ट्र फ्रान्समा आज हुने चुनावलाई राष्ट्रपति इम्यानुएल म्याक्रोनको जनमत संग्रहको रूपमा अर्थ्याइएको छ ।

२१ दिन अगाडि जुन ९ मा संसद विघटन गरेर चुनाव घोषणा गरेका म्याक्रोनलाई दक्षिणपन्थी शक्तिहरूसँगको चुनावी प्रतिस्पर्धा मात्रै होइन उनको जनमत संग्रह झैँ यो चुनाव हुने बताइएको छ ।

फ्रान्सको दोस्रो चरणको चुनाव आगामी जुलाई ९ मा हुनेछ । अहिले सार्वजनिक भएका चुनावी अनुमानहरूका अनुसार म्याक्रोनको गठबन्धन भन्दा नेसनल र्‍यालीले धेरै सीट ल्याउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर