को हुन आज कार्यभार सम्हालेका भारतका प्रधान सेनापति उपेन्द्र द्विवेदी ? – Nepal Press

को हुन आज कार्यभार सम्हालेका भारतका प्रधान सेनापति उपेन्द्र द्विवेदी ?

काठमाडौँ । भारतका नयाँ प्रधान सेनापतिले आज कार्यभार सम्हालेका छन् । उपेन्द्र द्विवेदी गत जुन १२ मा नियुक्त भएका थिए ।

गत फेब्रुअरीबाट भारत सेनाका उपप्रमुख भएका उपेन्द्रको नियुक्ति स्वभाविक भएको भारतीय मिडिया प्रिन्टले उल्लेख गरेको छ ।

प्रिन्टका अनुसार चीनसँगको सीमा सकस भएको समयमा उत्तरी सीमा क्षेत्रको आधुनिकीकरणमा उपेन्द्रको योगदान महत्त्वपूर्ण मानिँदै आइएको छ ।

मध्य प्रदेश भारतका रैथाले उपेन्द्रले सन १९८१ मा भारत सेनामा प्रवेश गरेका थिए । अझ रोचक मध्य प्रदेशको सैनिक स्कुल रेवामा सँगै पढेका उपेन्द्रका सहपाटी दिनेश त्रिपाठी अहिले भारतीय जल सेनाका प्रमुख छन् ।

कास्मिर उपत्यकादेखि राजस्तान मरुभूमि क्षेत्रको कमान्ड गरिसकेको उपेन्द्रले म्यानमारसँगको सीमा व्यवस्थापनमा पनि नेतृत्व गरेको अनुभव लिएका छन् ।

विदेशमा उनले दुई अनुभव लिएका छन् । संयुक्त राष्ट्रसंघको सोमालिया मिसनमा सहभागी देखि सेसेल्स सरकारका सल्लाहकारको रूपमा उनले काम गरेका छन् ।

उपेन्द्र उमेरले भोली ६० वर्ष पुग्ने उपेन्द्रले भारतीय सेनामा ४३ वर्ष सेवा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर