संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुनै छोड्यो : पूर्वसभामुख सापकोटा (भिडिओ) – Nepal Press

संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुनै छोड्यो : पूर्वसभामुख सापकोटा (भिडिओ)

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभइ प्रतिक्रियामा उत्रिएको बताएका छन् ।

आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरु देखा परिरहेको बताए । उनले नेपालमा वैचारिक रिक्तता देखा परेको बताए । उनले विश्वभर नै बिरोधाभाष र अराजकता मौलाइरहेको बताए । उनले सांसदहरुले समाजवादी बाटोमा अघि बढ्नुपर्ने पनि बताए ।

पूर्वसभामुख सापकोटाले संसदमाको गरिमा बढाउन सबै सांसदहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर